भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

योञ्जन हत्या काण्डका तीन मुख्य अभियुक्त सार्वजनिक

योञ्जन हत्या काण्डका तीन मुख्य अभियुक्त सार्वजनिक

भक्तपुर । जग्गा देखाउन गएकालाई हत्या गर्ने तीन जना पक्राउ परेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न तीन जनालाई प्रहरीले बौद्ध क्षेत्रबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
गत बुधबार अपरान्ह ४ बजेतिर घरमा आएका अज्ञात व्यक्तिहरुको अनुरोधपछि योञ्जन बिक्रीमा रहेको जग्गा देखाइदिन डेढ किलोमिटरको दूरीमा रहेको क्षेत्रमा गएका थिए । जग्गा किन्ने बहाना बनाएर आएकाहरुले योञ्जनलाई कुटपिट गरी सिक्री लुटेर भागेका थिए ।patrakar sammelan

जग्गा कुटपिटबाट योञ्जनको पेट, छाती र अनुहारमा गहिरो चोट देखिएको लागेको थियो । कुटपिटपछि उनीहरु दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लगेर फरार भएका थिए । प्रहरीले घटनास्थलमा भेटिएको हेलमेटका आधारमा अनुसन्धान गरी अपराधीहरुलाई पक्राउ गर्न सफल भएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए ।  उनले हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे गरपालिका–२ लेखर्क घर भई काठमाडौँको थली बस्ने ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोककै चौतारा बतासे नगरपालिका–२ हाल कामपा–७ बौद्ध बस्ने २३ वर्षीय रमेश तामाङ ९ज्वाला तामाङ० र रामेछापको धोवी गाउँपालिका–५ स्थायी घर भई हाल कामपा–७ बौद्ध बस्ने २७ वर्षीय प्रेम तामाङ रहेको जानकारी दिए ।ssp thapa

अनुसन्धानका क्रममा शेर्पा भन्ने कामी लामाले मृतकसँग रकम लिन बाँकी रहेको र मृतककले रकम दिन आनाकानी गरेको कारण निजलाई कुटपिट गरेर रकम असुल्न अन्य दुई सहयोगी बोलाएको खुलेको प्रहरीको भनाई छ । एकान्तमा रहेको धानखेतमा उनीहरुले मृतकलाई अनुहार, छाती र पेटको भागमा हात र खुट्टाले कुटपिट गरी घाइते बनाएका थिए । निज योञ्जनको उपचारका क्रममा ग्रीनसिटी अस्पताल बसुन्धारामा मृत्यु भएको प्रहरीले जनाएको छ ।aparadha

प्रहरीले पक्राग परेकाहरुको साथबाट बा ९६ प ७११४ नम्बरको एउटा मोटरसाइकल, सुन बिक्रीबाट प्राप्त एक लाख ५५ हजारमध्ये ५४ हजार ६०० रुपैयाँ नगद र एक तोला दुई लाल सुन बरामद गरेको छ ।
कर्तव्य ज्यान मुद्दा र लुटपाट अभियोमा उनीहरुलाई भक्तपुर जिल्ला अदालत लगिएको छ । उता मृतक चन्द्रकी श्रीमती कान्छीमाया तामाङले अपराधीलाई हदै सम्मको कारबाही गर्न माग समेत गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.