भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

९ महिनाको अनुसन्धानपछि खुल्यो रहस्य

९ महिनाको अनुसन्धानपछि खुल्यो रहस्य

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगरमा एउटा सुन पसल छ, जसको नाम हो, सोनी ज्वेलर्स । त्यो पसल खासै चलेको पसल पनि हैन । त्यहाँ खासै ठूलो चहलपहल पनि हुँदैन । सिद्धार्थनगर क्षेत्रकै अरु पसलमा बरु धेरै चर्चित छ, तर त्यो पसल त्यति चर्चित पनि होइन । राजश्व अनुसन्धान विभागका महानिर्देशक मैनाली भन्छन्, ‘सोनिका ज्वेलर्सको नाममा वार्षिक १६र१७ करोडको कारोबार मात्रै भएको देखिएको छ । तर, एकैदिनमा करोडौँ रुपैयाँको बैङ्क कारोबार भएपछि शंका लागेको थियो ।’

सो ज्वेलर्सको नाममा अवैध रुपमा सुनको कारोबार हुने गरेको सूचना विभागलाई अघिल्लो पुसमै सूचना आएको थियो । सूचनाका आधारमा विभागले सो ज्वेलर्समाथि निगरानी गर्दै आएको थियो । तर, असार ३० गते विभागलाई थप विश्वसनीय सूचना प्राप्त भयो । बोरामा पैसा हालेर एउटा गाडी भैरहवाबाट वुटबल जाँदैछ भन्ने सूचना आएपछि तत्कालै विभागअन्तर्गतका प्रहरीले सो गाडीलाई पक्राउ गरेको थियो । विभागले सो समयमा कर छलिका मुख्य नाइके सुनिल सुनार र उनका मतियार अमित परियारलाई पक्राउ गरेको थियो ।

त्यो गाडीमा ७५ लाख रुपैयाँ फेला परेको थियो भने पसलमा छापा मार्दा थप २५ लाख नगद र खरिदको कुनै प्रमाण नभएको १ केजी सुन समेत बरामद गरेको थियो । पक्राउ परेपछि विभागले उनीहरुउपर लामो समय अनुसन्धान गर्यो । पक्राउ परेको करिब ३ महिनापछि मात्रै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । यो अवधिमा उनीहरुको वित्तीय कारोबारको विवरण र सुनको बिक्री गरिएको पसलबारे अनुसन्धान भएको महानिर्देशक मैनालीको भनाइ छ ।

 

 


Thali Mobile Pvt.Ltd.