भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक | सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ | वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला | सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद | मनसुन प्रवेशसँगै गण्डकीमा भारी वर्षा, कोशीका केही क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना |

राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान

राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान

काठमाण्डौ । आगो निभाउन प्रयोग भएको वायुसेनाको एउटा विमान दुर्घटना भएको छ । ग्रीसमा आगलागी नियन्त्रण गर्न प्रयोग गरिएको विमान दुर्घटनामा परेको हो । दुई जना पाइलट रहेको र दुवैको ज्यान गएको ग्रीसको रक्षा मन्त्रालयले जनाएको छ ।
उच्च गर्मी र डढेलोको कारण ग्रीसमा जनजीवन प्रभावित भएको छ ।

तीव्र हावाको कारण जङ्गल र वरपरका बस्तीमा डढेलोको जोखिमपछि हजारौँलाई सुरक्षित ठाउँमा सारिएको छ । ग्रीसको रोड्स र कोर्फु टापुको जङ्गलमा लागेको डढेलोबाट हजारौँ स्थानीयबासिन्दा र पर्यटकलाई सुरक्षित ठाउँमा सारिएको छ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आफूहरु आगोको ज्वालासँग युद्धमा रहेको बताएका छन् ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ग्रीसले गएको हप्ता मात्रै ३५ हजार हेक्टर वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ । राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको राष्ट्रिय मौसम पूर्वानुमानकर्ताले जनाएको छ ।

ग्रीसको फायर सर्भिसका प्रवक्ता यानिस एर्टोपियोसले दुर्घटना इभिया टापुमा भएको पुष्टि गरेको जनाएका छन् । ग्रीसको जंगलमा केही दिनदेखि आगो लागेको छ । आगो फैलिएपछि नियन्त्रणको प्रयास भैरहेको छ।

 


Thali Mobile Pvt.Ltd.