भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

राजनीतिक गतिरोधबीच नयाँ प्रधानमन्त्री नियुक्त

राजनीतिक गतिरोधबीच नयाँ प्रधानमन्त्री नियुक्त

११ साउन २०७७ ट्युनिस । ट्युनिसियाका गृहमन्त्री हिचेम मेचिचीलाई देशको भावी प्रधानमन्त्रीमा मनोनयन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा प्रमुख राजनीतिक दलहरुबीच राजनीतिक गतिरोध उत्पन्न भएसँगै राष्ट्रपति कार्यालयले उक्त सूचना सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री एलिस फाखफाखले राजीनामा दिएपछि त्यहाँ राजनैतिक गतिरोध उत्पन्न भएको थियो । राष्ट्रपति कार्यालयको शनिबारको वक्तव्य लगत्तै एक विज्ञप्ति जारी गरी नवनियुक्त प्रधानमन्त्री मेचिचीले सबै ट्युनिसियालीको भावनालाई समेटी नयाँ सरकार गठन गरिने बताए ।

कोरोनाभाइरसका कारण सीमाहरु बन्द गरिएपछि मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न थालेको र जनतामा सरकारप्रति नैराश्यता देखिन थालेको छ । कोरोनाभाइरसका कारण ट्युनिसियामा करिब ५० जनाको मृत्यु भएको छ भने एक हजार ४०० भन्दा बढी संक्रमित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.