भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

राजनीतिक दौडधूपमा सातै प्रदेश प्रमुख

राजनीतिक दौडधूपमा सातै प्रदेश प्रमुख

काठमाडौं । सातै प्रदेशका प्रमुख राजनीतिक दौडधूपमा लागेका छन्। एकसाथ संघीय राजधानीमा राजनीतिक भेटघाटमा लागेका उनीहरुले सेवासुविधा विस्तार गर्नुपर्ने मुख्य माग बोकेका छन्।

प्रदेश प्रमुखको ‘प्रोटोकल’ मिलाउन ७ बुँदे ध्यानाकर्षणपत्र केन्द्र सरकारका प्रमुखसम्मलाई बुझाएका छन्। आइतवार नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई डेढ घण्टा सम्म आफ्ना गुनासा सुनाएका थिए ।

सेवा सुविधा बढाउनकै लागि काठमाडौ कुद्नु भएको हो त ? भन्ने कैलाश खबरको प्रश्नको जवाफमा उनीहरुले भने, नेकपा अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर समस्या अवगत गराउने उद्देश्यले काठमाडौंमा आएका हौं । सामूहिक पहलले मात्रै व्यवस्थापकीय समस्या समाधान हुने ठानेका छौं।’

प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ का तिलक परियार, बागमतीका विष्णु प्रसाई, प्रदेश ५ का धर्मनाथ यादव, गण्डकीका अमिक शेरचन, कर्णालीका गोविन्द कलौनी र सुदूरपश्चिमका शर्मिला त्रिपाठी छन्। सबैभन्दा बढी समस्या प्रदेश १, २ र कर्णालीमा रहको बताएका छन् ।

प्रदेश प्रमुखका गुनासो सुनिसके पछि नेकपा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि पार्टी र सरकारमा छलफल गरेर निचोड निकाल्ने आश्वासन दिए।

 


Thali Mobile Pvt.Ltd.