मधेस प्रदेश नामाकरणपछि जारी राजपत्रमा चुच्चे नक्सा गायव पारिएको छ । संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटेर नयाँ नक्सा जारी गरेको दुई बर्ष विवितिसके पनि हालै नाममारण भएको मधेस प्रदेशले भने पुरानै नक्सा राजपत्रमा प्रकाशित गरेको हो ।
मधेस प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिए पछि सर्वाधिक चासोको रुपमा हेरिएको छ । मधेस प्रदेश नामाकरण गरिएको बिषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअट्नुको कारणबारे आम चासोको विषय वनेको छ ।
