भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बागमती प्रदेशमा कानुन निर्माण ठप्प

बागमती प्रदेशमा कानुन निर्माण ठप्प

मकवानपुर । बागमती प्रदेशसभा बैठक अनिश्चित बनेको छ । सत्तापक्ष र प्रतिपक्षबिचको विवादका कारण प्रदेशसभा बैठक सञ्चालन हुन नसक्दा प्रदेशभा बैठक अनिश्चित बनेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन सरकारको कदमविरुद्ध पाँच दलीय गठबन्धनले संघर्ष गरेको थियो ।

बागमती प्रदेशमा पनि त्यसको प्रभाव स्वाभाविक रूपमा परेको थियो । उक्त घटनाले एमाले विभाजन हुनका साथै संघदेखि प्रदेशसम्म एमाले सत्ताबाट बाहिरिनुपर्ने अवस्था निम्तियो । एमाले अहिले संघ र सबै प्रदेशमा प्रतिपक्षको भूमिकामा छ । एमालेले संघीय संसद् र प्रदेशसभालाई विभिन्न बहानामा अवरुद्ध गर्दै आएको छ । बागमती प्रदेशमा विगत एक वर्ष अघिदेखि प्रदेशसभा बैठक प्रभावकारी रूपमा अघि बढ्न नसकेको हो । त्यस यता प्रदेशसभाबाट कानुन निर्माण प्रक्रिया लगभग ठप्प छ ।

 


Thali Mobile Pvt.Ltd.