रानीकोटमा पूर्व प्रधानमन्त्री ओलीको एक दिन, भिलेज हाइल्याण्ड रिर्साेटले गर्‍यो भव्य स्वागत

रानीकोटमा पूर्व प्रधानमन्त्री ओलीको एक दिन, भिलेज हाइल्याण्ड रिर्साेटले गर्‍यो भव्य स्वागत

रक्तिम दैलेखी/ काठमाडौं । कोरोना कहरमा थला परेको पर्यटन व्यवसायले विस्तारै गतिलिन थालेको छ । आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल उकालो लाग्न थालेको व्यवसायी बताउँछन् । राजधानी काठमाडौंबाट नजिकै रहेको सुन्दर पर्यटकीय क्षेत्र रानीकोटमा आजभोलि आन्तरिक पर्यटकको घुइचो नै लाग्ने गरेको छ ।

सामान्य देखि विशिष्ट व्यक्तिहरुको आगमन रानीकोट स्थित होटल भिलेज हाइल्याण्डमा देख्न सकिन्छ । दशैको अवसरमा सुन्दर ठाउँ रानीकोट घुम्न पाउँदा मन उत्साहित मात्रै भएन, यो प्राकृतिक सुन्दरताले भरिएको ठाउँमा आउँदा खुशी भएको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए ।

केपी ओलीले भने, ‘यहाँ आउँदा राम्रो लागेको छ, किनभने केही वर्ष अगाडी सम्म यो ठाउँमा न बाटो थियो न मान्छे बस्ने होटल, खाने पिउँने केही थिएन, प्राकृतिक सुन्दरताले भरिपूर्ण, मनोरम दृश्यहरुको रस्वासादन गर्नका लागि पनि यहाँ पैदल हिडेर आउनु पथ्र्यो । पहिले यहाँ आउँन त्यति सजिलो थिएन, अहिले पो बाटोघाटोले गर्दा सुगम भएको छ यहाँ ।

रानीकोट जस्तो ठाँउमा पौडी पोखरीपहितको होटल रेस्टुरेण्ट आदि कुराहरु बन्नु, घ्याम्पेडाँडा, चुच्चे ढुङ्गा आफैमा पर्यटकीय स्थल बन्नु, डोलेश्वर महादेव आशापुरी महादेव, भञ्ज्याङ जस्तो परेको ठाँउमा बाटो पुगेको छ, अलिकति काममा ढिलासुस्ती भईरहेको छ, त्यसलाई तिव्रता दिन जरुरी छ ।’

जंगललाई आकर्षित गरेर ठूला होटल खोलेर पर्यटक भित्राउने कार्यमा थप टेवा पु¥याउन जनप्रतिनिधिलाई निर्देशन दिए । तीनवटा नगरपालिकाको संगम स्थलमा पर्यटनको विकास गर्न मदत गरेकोमा वडा अध्यक्षहरुलाई धन्यवाद दिए ।

ओलीले भने, ‘म धन्यवाद भन्न चाहान्छु, मेयरहरुलाई धन्यवाद भन्न चाहान्छु, खासगरी वडाका अन्य सहयोगी, वडा सदस्यहरु उहाँहरुको विकास प्रयास धेरै महत्वको छ । यदि उहाँहरुले रुचिसाथ विकासको काममा पहल नगर्नेहो भने यी कुराहरु सम्भव हुने थिएनन् ।’

जनप्रतिनिधिसँगसँगै व्यवसायीलाई पनि अध्यक्ष ओलीले उत्साहित पारे । पर्यटन व्यवसाय र पर्यटकबाट बढी लाभ लिन थप सेवा सुविधा दिन अनुरोध गरे । आन्तरिक पर्यटन र पर्यटकीय स्थलहरुको विकास गरेर लैजान सूझाव दिए ।

जिपलाईन हेर्दा खुशीलागेको बताउँदै मनोरञ्जनात्मक कार्यलाई पनि अगाडि बढाउन आग्रह गरे । उनले भने, ‘धार्मिक पर्यटनको पाईलट बाबाका नामबाट प्रचार भइरहेको छ, शिवालय जस्ता ठाँउहरु, भवन, होटल, घर, रिसोर्ट धेरै राम्रा छन् । मान्छेहरुमा एउटा पर्यटकीय चेत र सौन्दर्य अनुभुति त्यसबाट पारस्पारिक लाभ लिनुहोस् । यस्तो दुर्गम ठाउँमा यहाँ नजिकै न्याचुलर जु बानाउँन खोजेका छौं ।’

रानीकोट घुम्न आएको भन्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई होटल भिलेज हाइल्याण्ड रिर्सोटका सञ्चालक राम सुन्दर बकेले भव्य स्वागत गरे । होटलबाट उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न पाउँदा औधि खुशी भएको भन्दै प्रम ओलीले सञ्चालक रामसुन्दर बकेलाई धन्यवाद दिए ।

बाँकी तस्वीर बाेल्छ…

 


Thali Mobile Pvt.Ltd.