भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर

राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर

काठमाडौं । राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर भएको छ । रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाईका लागि पेसी तोकिएको हो । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध उक्र रिट दायर भएको हो ।

वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । अघिल्लो संसदबाट पारित भएको विधेयक अहिले राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु असंवैधानिक रहेको दाबी गरिएको छ ।

हालै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको हो । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी थन्क्याएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.