महोत्तरी । आफ्नो ठाउँमा राष्ट्रप्रमुख आउने कार्यक्रम तय भएपछि महोत्तरीको मटिहानी नगर अहिले सिंगारिएको छ ।
भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकन, नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न जाने भएपछि नगर सिंगारिएको हो ।
नगरवासी उत्साहित भएका छन् भने मटिहानीका मुख्य चोकबजार केन्द्रमा राष्ट्रपतिको पूर्ण कदका तस्वीर टाँगिएको छ । महोत्तरीको मटिहानी त्रेतायुगमा राम–सीताको विवाहमा वेदि निर्माण गर्न माटो खनिएको ठाउँका रूपमा विश्वास गरिन्छ ।
राष्ट्रपतिको महोत्तरी भ्रमण कार्यक्रमले सबै राजनीतिक दलसँग सहकार्य, संवाद र सँगसँगै काममा अघि बढ्ने अवसरका रुपमा लिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।

