भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

राष्ट्रिय राजनीतिमा विप्लवको प्रवेश सामान्य होइनः खड्ग विश्वकर्मा

राष्ट्रिय राजनीतिमा विप्लवको प्रवेश सामान्य होइनः खड्ग विश्वकर्मा

काठमाडौं । राष्ट्रिय राजनीतिमा पार्टीको शान्तिपूर्ण ढंगले प्रवेश सामान्य घटनाक्रम नभएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विश्वकर्मामाले सरकारसंग गरिएका सहमतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा राज्यपक्षले ढिलाइ गरेको भन्दै असन्तुष्ट व्यक्त गरे ।

प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा देखिएको उतारचढाव, कोरोना महामारीलगायतका कारण सहमति कार्यान्वयनमा ढिलाइ भएको र छिट्टै सहमति कार्यान्वयनतर्फ जाने प्रतिबद्धता जनाएको संचारकर्मीसंग बताए । हप्ता १० दिनभित्र माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र ती माग प्रति प्रधानमन्त्री सकारात्मक भएको बताए ।

उनले भने, ‘बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं । यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो । सहमति कार्यान्वयन नभए सरकारले ठूलो मूल्य चुक्ता गर्नुपर्छ ।’
सरकारको तर्फबाट राजन भट्टराईलाई आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको समेत विश्वकर्माले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.