भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

रियल म्याड्रिडको पूनरागमन जित

रियल म्याड्रिडको पूनरागमन जित

काठमाडौं । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एक गोलको अग्रता उल्टाएर सेभियालाई २–१ ले पराजित गरेको हो । रियलका लागि करिम बेन्जेमा र भिनिसियस जुनियरले एक एक गोल गरे । सेभियाका लागि भने राफा मिरले एक गोल गरे ।

खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर, ३२ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई बराबरी गोल फर्काए । त्यसपछि ८७ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई २–१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा रहेको रियलको १४ खेलबाट ३३ अंक रहेको छ । रियलले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई ४ अंकले पछि पारेको छ । पराजित सेभिया २८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.