भर्खरै : Sorry, your browser does not support inline SVG.

रुकुमपूर्व पुग्यो सलह, बालीनालीमा क्षति गरेपछि वडाध्यक्षले खाए सलह (भिडियाे)

रुकुमपूर्व पुग्यो सलह, बालीनालीमा क्षति गरेपछि वडाध्यक्षले खाए सलह (भिडियाे)

२२ असार २०७७ काठमाण्डौ । अनिकाल निम्त्याउने किरा रुकुम पूर्व पुगेको छ । सिस्ने गाउँपालिका वडा नम्बर २ मा सलह किराले क्षती गर्न सुरु गरेको स्थानीयले बताएका छन् । वडाको अधिकांस ठाउमा सलह किराले क्षती प¥याउन थालेपछि स्थानिय चिन्तित बनेका छन ।

बयाले, ठस्के र मुसिकोटलगाएतका गाउँमा सलह किराले मकै, तरकारीबाली, फलफुल खेतीमा क्षती पुर्याएको वडा अध्यक्ष जिवन केसीले बताए । किदा, दतकुना, खरिबोट र छिपखोलामा आज सलह किराले धेरै क्षती पुर्याएको छ ।

gangapun

सलह खाँदै रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका १२ का वडाध्यक्ष गंगा पुन

सलह नियन्त्रण गर्न स्थानियहरुले आगोको धुवाँ, थाल ठटाएर भगाउने काम गरेका छन । कतिपय ठाँउमा त सलहलाई नै छोपेर खाईदिएका छन् । सलहलाई उल्टै जनप्रतिनिधिले समेत खाईदिएका छन् । यति गर्दा पनि सलह किरा नियन्त्रन गर्न नसकिएको वडा अध्यक्षको भनाई छ ।

भिडियाे हेर्न यहाँ थिच्नुस्…

 


Thali Mobile Pvt.Ltd.