भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

तनाब हुन्छ महोदय

तनाब हुन्छ महोदय

खाडी आउँछ, पि.आर आउँछ, अनी बल्ल नेपाल आउँछ
भोकले मान्छ मरेकै घरमा, मरौटीमा चामल आउँछ

सक्नेका लागि मात्रै हो, भुकम्प-कोरोना र सलह त
गरीबको झुपडीमा, केबल अनिकाल आउँछ

सरकारको बिरोध झुक्केर पनि नगर्नुहोस् है हजुर,
पाइलै पिच्छे चिल्नलाई, टन्न अरिङ्गआल आउँछ।

कसरी भाँचिन्छ होला है त्यो बुढेसकालको साहारा
जब खाडीबाट बाक्सामा, दिन्कै नन्दलाल आउँछ

डुबेर मरे या मारेर डुबायीये ती नवराजहरु
भयो छोडिदिनुस् नसोध्नुस्, जात भातको सवाल आउँछ

देशको झन्डाले त केबल तनाब हुन्छ महोदय
पार्टीको झन्डा सिरानमा राख्नुस्, निन्द्रा पक्कै बबाल आउँछ

२२ असार २०७७

 


Thali Mobile Pvt.Ltd.