भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रूकुम आठविसकोटमा बालिका बलात्कार, अवस्था गम्भिर

रूकुम आठविसकोटमा बालिका बलात्कार, अवस्था गम्भिर

रुकुम । भलिबल प्रतियोगिता हेर्न गएकी बालिकालाई आठबीसकोट नगरपालिकाका युवाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । जाजरकोट नलगाड नगरपालिका १ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको हो।

गत बुधबार रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ । बाँकेज्युलामा आयोजित भलिवल प्रतियोगिता हेर्न गएकी बालिकालाई आठविसकोट नगरपालिका १४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरेको प्रहरीमा जाहेरी परेपछि घटना बाहिरिएको हो ।

जाहेरी दर्ता भइसके पनि अभियुक्त जैसीलाई भने प्रहरीले फेला पार्न सकेको छैन । बालिकालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि बिहीबार नेपालगञ्ज पठाइएको छ।बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.