भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

रूकुम आठविसकोटमा बालिका बलात्कार, अवस्था गम्भिर

रूकुम आठविसकोटमा बालिका बलात्कार, अवस्था गम्भिर

रुकुम । भलिबल प्रतियोगिता हेर्न गएकी बालिकालाई आठबीसकोट नगरपालिकाका युवाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । जाजरकोट नलगाड नगरपालिका १ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको हो।

गत बुधबार रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ । बाँकेज्युलामा आयोजित भलिवल प्रतियोगिता हेर्न गएकी बालिकालाई आठविसकोट नगरपालिका १४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरेको प्रहरीमा जाहेरी परेपछि घटना बाहिरिएको हो ।

जाहेरी दर्ता भइसके पनि अभियुक्त जैसीलाई भने प्रहरीले फेला पार्न सकेको छैन । बालिकालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि बिहीबार नेपालगञ्ज पठाइएको छ।बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.