काठमाडौं । कोरोनाको उपचारमा प्रभावकारी देखिएको ‘रेम्डिसिभिर’ औषधि अब नेपालमै उत्पादन सुरु हुने भएको छ ।उत्पादनका लागि सफल परीक्षण भइसकेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले बताए । पहिलो पटक नेपालमा उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयरले लाइसेन्स पाएको छ ।
नेसनल हेल्थ केयरले उत्पादनको प्रक्रिया सुरु गरिसकेको र अबको एक महिनामा उत्पादन तयार भइसक्ने अधिकारीले बताए । भारतबाट आयात हुँदै आएको रेम्डिसिभिर भारतमा नै संक्रमणको दर उच्च भएपछि निर्यातमा भारत सरकारले रोक लगाएको छ । भारतले निर्यातमा रोक लगाएपछि अहिले बंगलादेशबाट आयात हुने गरेको छ ।
