भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

रेल दुर्घटनामा परि भारतमा २ सय ८८ जनाको मृत्यु

रेल दुर्घटनामा परि भारतमा २ सय ८८ जनाको मृत्यु

भारत । भारतको ओडिसामा शुक्रवार बेलुका भएको दुर्घटनामा परि अहिलेसम्म २ सय ८८ जनाको ज्यान गएको छ । ओडिसामा रेल दुर्घटनामा परेकाहरूको उद्धार कार्य पूरा भएसंगै दुर्घटनामा परि मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको हो । दुई वटा रेल एकआपसमा ठोक्किएका थिए । ती रेलमा झण्डै दुई हजार जना यात्रु थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलको भ्रमण समेत गर्नुभएका थिए ।

त्यसक्रममा घटनामा दोषी पाइएकालाई कडा सजाय दिइने प्रतिबद्धता जनाएका छन् । भारतमा विश्वको सबैभन्दा ठूलो रेल नेटवर्क रहेको छ । सरकारले पूर्वाधार सुधार गर्न अर्बौँ लगानी समेत गरिरहेको छ । तर भारतमा रेल दुर्घटनाहरू सामान्य जस्तै बनेका छन् । यसअघि भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो । त्यस बेला बिहार राज्यमा एउटा चक्रवातको समयमा यात्रुहरूको भिड भएको रेल ट्रयाकबाट नदीमा खस्दा कम्तीमा ८ सय जनाको ज्यान गएको थियो ।

आठ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको उद्धारकर्मीले बताएका छन् । उद्धारको काम सकेर दुर्घटनास्थलमा पुनर्निर्माणको काम सुरु भएको रेल मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.