भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

रोल्पाका युवा व्यवसायी डाँगी छैटौँ पटक सम्मानीत

रोल्पाका युवा व्यवसायी डाँगी छैटौँ पटक सम्मानीत

रोल्पा, । यहाँका एक युवा व्यवसायी लगातार छैटौँ पटक जिल्लाकै उत्कृष्ट करदाताका रुपमा सम्मानित हुनुभएको छ । रोल्पा नगरपालिका–४ का युवा व्यवसायी सागर विक्रम डाँगी जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा करदाता सेवा कार्यालय प्युठानबाट छैटौँ पटक सम्मानित हुनुभएको हो । करदाता सेवा कार्यालय प्युठानले डाँगीलाई आर्थिक वर्ष २०७६–०७७ मा रोल्पाकै सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रुपमा सम्मान गरेसँगै उहाँ लगातार छैटौ पटक सम्मानित हुनुभएको हो ।

रोल्पा–४ स्थित शुभम ट्रेडर्सका प्रोपराइटर डाँगीले हार्डवयरका साथै निर्माण व्यवसायको समेत काम गर्नुभएको छ । प्रोपाइटर डाँगी आर्थिक वर्ष २०७१–०७२ देखि लगातार जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा सम्मानित हुँदै आउनुभएको छ । राज्यलाई जिल्लाबाटै सबैभन्दा बढी कर तिरेर सम्मानित भएकामा आफूलाई गर्व लागेको युवा व्यवसायी डाँगीले प्रतिक्रिया दिए । “राज्यलाई कर तिर्नु हरेक व्यवसायीले दायित्व भए पनि सबभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानीत हुनु मेरा लागि खुसीको कुरा हो”, डाँगीले भन्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.