भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

रोल्पाको सुलिचौर–अरेस–प्युठान सडकखण्डको कडा चट्टान फोर्दैः नेपाली सेना

रोल्पाको सुलिचौर–अरेस–प्युठान सडकखण्डको कडा चट्टान फोर्दैः नेपाली सेना

रोल्पा । रोल्पा हुँदै प्युठान जिल्ला जोड्ने सुनिल स्मृति गाउँपालिका–४ स्थित सुलिचौर–अरेस सडकखण्डको धनचौर भन्ने स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी सडकखण्डमा रहेको अवरोध हटाउने काम सुरु गरेको छ । सुनिल स्मृति–४ स्थित सुलिचौर–अरेस–प्युठान सडकखण्डको धनचौर इलाकामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको थियो । करिब एक वर्षसम्म सडक अवरुद्ध हुँदा रोल्पा तथा प्युठान जिल्लाका दुर्गम स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई यातायात तथा सामान ढुवानीमा समस्या भएको थियो ।

सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले सवारी साधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने बर्सातमा समेत पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयवासीले समस्या भोग्दै आएको स्थानीयवासी भानु जिसीले बताए । सडक बन्द हुँदा लामो दूरीमा पैदल तथा वैकल्पिक बाटो प्रयोग गरी यात्रा गर्नुपर्ने बाध्यता रहेको जिसीको भनाइ रहेको छ । नेपाली सेनाको बटुकदल गणबाट गएका सेनाले कार्यक्षेत्रमै खटिई विष्फोटक पदार्थ प्रयोग गरी उक्त सडकखण्डमा रहेको अवरोध हटाउने काम भइरहेको बटुकदल गण रोल्पाका गणपति मनि थापाले जानकारी दिए ।

पहिरोसहित आएको ठूलो ढुङ्गाले सडकखण्डको करिब २० मिटर भाग अवरुद्ध भएको छ । पूर्णरूपमा सडक सञ्चालन हुन थप केही समय लाग्ने गणपति थापाले बताए । जोखिमपूर्ण अवस्थामा रहेको सो सडकखण्डमा सवारी आवतजावत गर्दा सधैँ संशयपूर्ण मानसिकताका साथ यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ रहेको थियो । सडक चौडा बनेसँगै पूर्वी रोल्पामा निर्माणाधीन विकास योजनाले तीव्रता पाउनुका साथै सामाजिक, आर्थिक र शैक्षिक विकासमा समेत टेवा पुग्ने स्थानीयवासीले अपेक्षा गरेका छन् ।

करिब एक वर्षदेखि अवरुद्ध सडकखण्ड सञ्चालनका लागि नेपाली सेना परिचालित भएको हो । स्थानीयवासीसँगको सहकार्यमा नेपाली सेनाले यसअघि जिल्लाका विभिन्न स्थानमा विकास निर्माण कार्यमा सहयोग गर्दै आएको छ । उत्तरी रोल्पाको वीरबलभद्र माविमा कक्षा कोठा थप, फिल्ड निर्माण, तारा मावि वामरुकमा सुविधा सम्पन्न शौचालय निर्माण, खुमेलमा सामाजिक घर निर्माण, उत्तरी रोल्पाको दुईखोलीमा कडा चट्टान फोडी सडक चौडा बनाउनुका साथै विगत २५ वर्षदेखि निर्माण अवरुद्ध भएको शिरक्याङ भिरको कडा चट्टान फोर्ने कामसमेत गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.