भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

लक्जमवर्गका मन्त्री फ्रान्ज फायटले गरे भक्तपुर भ्रमण

लक्जमवर्गका मन्त्री फ्रान्ज फायटले गरे भक्तपुर भ्रमण

भक्तपुर । मित्र राष्ट्र लक्जमवर्गका विकास, सहयोग तथा मानवीय मामिला मन्त्री फ्रान्ज फायटलगायतका प्रतिनिधिमण्डलले शुक्रबार सांस्कृतिक नगर भक्तपुरको अवलोकन गरेका छन् । मन्त्री फायटलगायतका प्रतिनिधिमण्डलले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेका सम्पदाहरु सुन ध्वाका, भक्तपुर दरबार क्षेत्र, पोटरी स्क्वायर, टौमढीस्थित पाँचतल्ले मन्दिर, फसि देगः लगायतको अभिरुचिपूर्वक अवलोकन गरेका हुन ।लक्जमवर्गका मन्त्री फ्रान्ज फायटले गरे भक्तपुर भ्रमण

मन्त्री फायटलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, खादा र भादगाउँले टोपीले भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गरेका थिए । मन्त्री फायटले भक्तपुरले गरेको न्यानो स्वागतप्रति धन्यवादज्ञापन गर्दै भक्तपुरका सांस्कृतिक सम्पदाहरु आकर्षक रहेको बताए । अवलोकनपश्चात प्रमुख प्रजापतिले मन्त्री फायटलाई मयुरको झ्याल र नपाको फोटो पुस्तिका उपहार स्वरुप प्रदान गरेका थिए ।लक्जमवर्गका मन्त्री फ्रान्ज फायटले गरे भक्तपुर भ्रमण

भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, कार्यपालिका सदस्य, लक्जमवर्गका विकास, सहयोग तथा मानवीय मामिलाका निर्देशक क्रिश्टोफी स्किल्च, भारतका लागि लम्जेमबर्गका राजदूत पेगी फ्राटजेन, सिल्भी डोस सानतोस, जोइ हेन, अ‍ेने निकोलस, साल्भा काब्रास, नेपालका लागि लक्जेमवर्गका मानार्थ वाणिज्य दूत श्रीराम लामिछाने, कोअर्डिनेटर रमेश त्वायनालगायतको उपस्थिति रहेको थियो ।लक्जमवर्गका मन्त्री फ्रान्ज फायटले गरे भक्तपुर भ्रमण

 


Thali Mobile Pvt.Ltd.