काठमाडौं । लिबियामा १२ जनाको मृत्यु भएको छ । लिबियाको राजधानी त्रिपोलीमा परस्पर बिरोधी सशस्त्र समूहहरुबीच झडप हुँदा १२ जनाको मृत्यु भएको हो । गत डिसेम्बरमा हुनुपर्ने राष्ट्रपतीय निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि लिबियामा सशस्त्र बिद्रोही समूहहरुबीच राजधानीमा कसले अड्डा जमाउने भन्ने प्रतिष्पर्धा चलिरहेको छ ।
स्थानीयबासीले दोहोरो झडप र गोली हानाहानका कारण रातभर सुत्न समेत नसकेको बताएका छन् । घना बस्ती भएको क्षेत्रमा दुई समूहबीच ब्यापक रुपमा गोली हानाहान हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको र सोही झडपमा ८७ जना घाइते भएको लिबियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
