भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ली नामको समुद्री आँधीका कारण क्यानाडा र अमेरिकाको जनजीवन अस्तब्यस्त

ली नामको समुद्री आँधीका कारण क्यानाडा र अमेरिकाको जनजीवन अस्तब्यस्त

एजेन्सी । ली नामको समुद्री आँधीका कारण संयुक्त राज्य अमेरिकाको उत्तर पूर्वी क्षेत्र र क्यानाडामा तुफानसहितको भारी वर्षा भएको छ । प्रतिघण्टा १ सय ३० किलोमिटरको दरले आएको आँधीसँगै भारी बर्षा हुँदा जनजीवन अस्तब्यस्त बनेको छ । जसकारण हजारौं घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

समुद्रमा १५ फिटमाथिसम्म छाल उठ्नसक्ने र त्यसले तटीय क्षेत्रमा ब्यापक क्षति पुर्‍याउन सक्ने चेतावनी समेत दिइएको छ । अमेरिकाका म्यासाचुसेट्स र मायनी तथा क्यानडाका न्यु ब्रन्सविक, नोभा स्कोटिया राज्यमा आँधीले ठूलै विपत ल्याउने चेतावनी दिइएको छ । अमेरिकाको राष्ट्रिय तुफान केन्द्रले अमेरिकाको न्यु इङ्ल्याण्ड र क्यानडाको आन्द्र महासागरको तटीय क्षेत्रमा आँधीको आपत् सुरु भईसकेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.