भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग | केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित | नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए | पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र | इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउने संख्या १७ पुग्यो | गोरु पाल्ने किसानलाई प्रोत्साहन |

लुम्बिनी प्रदेशमा आठ दलको सरकार बनाउने तयारी

लुम्बिनी प्रदेशमा आठ दलको सरकार बनाउने तयारी

दाङ । आठ दलिय गठबन्धनको सरकार लुम्बिनी प्रदेशमा बन्ने तयारीमा रहेको छ । संघमा समीकरण फेरिएपछि लुम्बिनी प्रदेशमा त्यसै अनुसारको सरकार बन्ने तयारी भएको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको राजधानी भालुबाङमा बुधबार बसेको संयुक्त बैठकले गठबन्धनको सरकार बनाउने तयारी थालेको हो ।

प्रदेशमा हाल नेकपा एमालेका मुख्यमन्त्री लिला गिरी छन्। उनलाई माओवादी केन्द्र, नाउपा, राप्रपा, जसपा, जनमत, लोसपा, एकीकृत समाजवादी पार्टी र दुई जना स्वतन्त्र सांसद गरी ५७ जनाले विश्वासको मत दिएका थिए। प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका चार, राप्रपाका चार, जसपा ,जनमत र लोसपाका तीन र तीन, एकीकृत समाजवादीका एक र दुई स्वतन्त्र सांसद रहेका छन्।

वर्तमान सरकार अफल भएको दाबी गर्दै नयाँ सरकार बनाउने विषयमा छलफल गरेको नेताहरुले बताएका छन् । दुई महिना भित्र प्रदेशमा नयाँ सरकार बन्ने र नयाँ समीकरणका साथ अघि बढ्ने जानकारी उनीहरुको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.