भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

लुम्बिनी प्रदेशमा सात हजार २३३ प्रहरी परिचालन

लुम्बिनी प्रदेशमा सात हजार २३३  प्रहरी परिचालन

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले चाडपर्वमा अपराध नियन्त्रण गर्नको लागी ब्यापक रुपमा प्रहरी परिचालन गरेको जनाएको छ। कार्यालयले चाडपर्व विशेषलाई लक्षित गरी प्रदेश अन्तर्गत गस्ती, पेट्रोलिङ चेकजाँच लगायत शान्ति सुरक्षा कायम गर्नको लागी सात हजार २३३ जना प्रहरी परिचालन गरिएको हो। त्यस्तै,, सुरक्षित यात्रा गर्ने क्रममा यात्रुहरूलाई कुनै पनि समस्या भएमा आवश्यक सहयोग वा समन्वय गर्न प्रदेशका ३० ठाउँमा ट्राफिक तथा जनपद प्रहरीसहित ३० वटा यात्रु सहायता कक्ष स्थापना गरी सेवा दिँदै आएको कार्यालयले जनाएको छ।

त्यस्तै जुवा,तास तथा अवैध क्रियाकलाप नियन्त्रण गर्न प्रदेशका विभिन्न जिल्लामा २५ वटा विशेष प्रहरी टोली परिचालन गरेको प्रदेश प्रहरी प्रवक्ता एवं एसएसपी राज कुमार बैदवारले जानकारी दिए। उनका अनुसार ओभर स्पीड, ओभर लोड, मापसे सेवन गरी सवारी चलाउने, झुण्डिएर, छतमा चढेर यात्रा गरी हुन सक्ने दुर्घटना न्युनिकरण गर्नको लागी ट्राफिक प्रहरी सहित ४१ वटा प्रहरी परिचालन गरिएको छ।

ग्रामिण गस्ती, गाउँ(गाउँमा नागरिक भेटघाट कार्यक्रम गर्दै गाउँमा प्रहरी उपस्थिती देखाउन ५९० प्रहरी इकाइहरूबाट दैनिक गस्ती पेट्रोलिङको व्यवस्था गरिएको छ। त्यसैगरी गुण्डागर्दी, चोरी, लुटपाट, झै–झगडा लगायत गैरकानूनी गतिविधि नियन्त्रण गर्न विभिन्न प्रहरी इकाइबाट २५ वटा प्रहरी टोली परिचालन गरिएको प्रवक्ता बैदवारले जानकारी दिए।

 

 


Thali Mobile Pvt.Ltd.