वकिल र प्रहरीबीच कुटाकुट, ६ जना घाइते

वकिल र प्रहरीबीच कुटाकुट, ६ जना घाइते

काठमाडौं । सर्वोच्च अदालतपरिसरमा वकिल र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन गरिरहेका वकिलहरु र प्रहरीबीच केही बेर घम्साघम्सी चलेको हो ।

मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । भिड नियन्त्रण गर्न काठमाडौं जिल्ला प्रशासनले सशस्त्र प्रहरी बलको टोली पनि परिचालन गर्न आदेश दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.