भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लव नेकपा देशव्यापीको आन्दोलन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लव नेकपा देशव्यापीको आन्दोलन

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

मूल्यवृद्धिविरुद्ध विप्लव नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो । विरोध देखि मसाल जुलुश सम्मका कार्यक्रम घोषणा गर्दै पार्टी महासचिव विप्लवले एक वक्तव्य समेत जारी गरेका छन् ।

देश व्यापी घोषित कार्यक्रम अनुसार आज विरोध पर्दशन गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने सो पार्टीले जनाइएको छ । मूल्यवृद्धि फिर्ता नलिए ३० गते नेपाल बन्द गर्ने विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.