भर्खरै : Sorry, your browser does not support inline SVG.
सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ |

वर्षे आलुले बजार नपाएपछि म्याग्दी किसान चिन्तित

वर्षे आलुले बजार नपाएपछि म्याग्दी किसान चिन्तित

काठमाडौं । वर्षे आलुले बजार नपाएपछि म्याग्दीमा उत्पादित किसानहरु चिन्तित बनेका छन् । विगतमा प्रतिकिलो ५० देखि १ सय रुपैयाँसम्ममा विक्री हुने आलु यो वर्ष प्रतिकिलो ३५ रुपैयाँमा दिँदा पनि बिक्री हुन नसकेको किसानको गुनासो छ ।

पश्चिम म्याग्दीका मालिका, मंगला र धौलागिरि गाउँपालिकाका प्रत्येक घर अहिले आलुले भरिभराउ छन् । कतिपयका बारीमा आलु खन्नै बाँकी छ । तर,आलुको माग कतैबाट नआएपछि किसानहरु चिन्तित बनेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत म्याग्दीका रघुगंगा गाउँपालिकाका वडा नम्बर ६, ७ र ८ र अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ मा गत वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र कार्यक्रम सञ्चालन भईरहेको छ ।

म्याग्दीमा यो वर्ष एक हजार ६ सय ५० हेक्टरमा आलु खेति गरिएको र २५ हजार मेट्रिक टन बढी आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ छन् । म्याग्दीमा स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । म्याग्दीका लेकाली क्षेत्रमा वर्षे आलु लगाउने गरिन्छ ।

वर्षे आलुको उत्पादन पनि निकै राम्रो हुने र स्वाद पनि मिठो हुने गर्दछ । आलु समयमै बेच्न नपाए कुहिने डर हुन्छ । गत वर्षको तुलनामा यो वर्ष झण्डै सात प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.