वाईसीएलको राष्ट्रिय भेला भदौ १२ मा हुने

वाईसीएलको राष्ट्रिय भेला भदौ १२ मा हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ्ग कम्युनिष्ट लीग (वाईसीएल) नेपालको राष्ट्रिय भेला यही भदौ १२ र १३ गते हुने भएको छ ।

वाईसीएलको भेला भर्चुअल माध्यमबाट हुन लागेको अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए । सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाउने पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौँ, सुदृढ सङ्गठन र परिवर्तनलाई संस्थागत गर्न वाईसीएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।

भेलालाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संबोधन गर्ने कार्यक्रम रहको अध्यक्ष सापकोटाले जानकारी दिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.