भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

आठबीस नगरको विकास र समृद्धिका लागि गम्भीरताका साथ सोचेको छु : मेयर तर्क बडुवाल

आठबीस नगरको विकास र समृद्धिका लागि गम्भीरताका साथ सोचेको छु :  मेयर तर्क बडुवाल

दैलेख । दैलेखको आठबीस नगरपालिका प्रमुख तर्क बहादुर बडुवालले आठबीस बासिले दिएको जिम्मेवारीलाई गम्भीरता पूर्वक लिएको बताएका छन् । आठबीस नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा निवर्तमान जनप्रतिनिधिहरूलाई शुक्रबार विदाई गर्दै मेयर तर्क बडुवपालले आठबीसका जनताले दिएको जिम्मेवारी गम्भीताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।

उनले कुराले भन्दा पनि काम गरेर देखाउने वचन दिदै आठबीसका सम्पुर्ण जनप्रतिनिधिहरूलाई जनताको पक्षमा काम गर्न निर्देशन समेत दिए । आठबीस नगरपालिका उपप्रमुख कल्पना कुमारी थापाले वैशाख ३० गते सम्म आफू उम्मेदवार भएपनि निर्वाचनमा विजयी भएपछि सम्पुर्ण आठबीसबासीको प्रतिनिधि भएको बताइन ।

उनले आठबीस एउटा परिवार भएकाले पहिचान गरिएका सम्पूर्ण समस्याको समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आठबीसका नागरिकलाई काठमाडौंसंग जोड्ने प्रयास गर्ने र काठमाडौंमा पाइने सेवा सुविधाको अनुभूति हुने गरी काम गरेर देखाउने बताइन । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिदै पूर्व मेयर खड्गराज उपाध्यायले जनताको सेवाको लागि सधै आफूले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई साथ दिने बताए ।

उनले विगतको पाँच वर्षको अवधिमा गरेका कार्यहरुको समिक्षा गर्दै नयाँ कार्य योजना बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्व उपप्रमुख दिपा बोहोराले समग्र विकासका लागि पक्ष–विपक्ष नहेरेर जनताको अपेक्षा अनुरूप काम गर्नुपर्ने बताईन । कार्यक्रममा आठबीस नगरपालिका प्रमुख प्रशासकिए अधिकृत दिल बहादुर शाही र वडा अध्यक्षहरुले पनि आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.