भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

विजेपीविरुद्ध २४ विपक्षी दलको मोर्चाबन्दी

विजेपीविरुद्ध २४ विपक्षी दलको मोर्चाबन्दी

काठमाडौं । भारतमा आगामी वर्ष हुने आमचुनाव अघि विपक्षी दलहरु सत्तारुढ भारतीय जनता पार्टी विजेपीविरुद्ध एकजुट हुने प्रयास थालेका छन्। मोर्चाबन्दीको प्रयास थालेका २४ वटा विपक्षी दलको बैठक आज बैंगलोरमा बस्दैछ। बैठक दुई दिन चल्ने भारतीय संचारमाध्यामले जनाएका छन्।

बैंगलोरमा बस्ने बैठकमा चुनावमा सिट बाँडफाँड, मोर्चाको नामाकरणलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

यस मोर्चामा आम आद्मी पार्टी पनि रहने बताइएको छ । दिल्लीमा सरकारको अधिकार कम गर्नेगरी केन्द्रीय सरकारले ल्याएको अध्यादेशको विरोधमा आम आद्मीले कांग्रेसको साथ खोजेको थियो। कांग्रेसले दिल्ली सरकारको मागमा समर्थन जनाएपछि आमआदमी बैठकमा सहभागी हुन लागेको हो।

 

 

 


Thali Mobile Pvt.Ltd.