भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

विद्यालयमा पूर्वाधार र शैक्षिक वातावरणको अभाव

विद्यालयमा पूर्वाधार र शैक्षिक वातावरणको अभाव

सिद्धार्थनगर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ मा रहेको भुजौली आधारभूत विद्यालयमा शैक्षिक वातावरण, स्वच्छ पिउनेपानी र र भौतिक पूर्वाधारको अभाव रहेको छ । पानीको प्यास लागे विद्यालयको हाता बाहिर रहेको वडा कार्यालयमा जानुपर्ने बाध्यता रहेको विद्यालय प्रशासनले जनाएको छ ।विसं २०१८ मा स्थापना भएको यस विद्यालयको भवनमा पिपलका रुख उम्रिनुका साथै जिर्ण अवस्थामा रहेको छ । स्थानीय दिलीप प्रजापतिले भन्नुभयो, “पिल्लर बिनाको ८० वर्ष पुरानो विद्यालय भवन भत्किने होकि भन्ने ठूलो चिन्ता छ ।”

दश कट्ठा क्षेत्रफलमा फैलिएको यस विद्यालयमा कक्षा कोठाको समेत अभाव छ । जीर्ण भवनमा जम्मा चार कोठा छन् । त्यसैमा विद्यार्थी र शिक्षकका लागि व्यवस्थापन गरेको विद्यालयका प्रध्यानाध्यापक अयोध्याप्रसाद गौड बताउनुहुन्छ । कक्षा कोठाका झ्यालका ढोका भाँचिएको अवस्थामा छन् । झयालमा जाली छैनन् । शौचालयमा पानी र ढोकासमेत छैन ।विद्यालयमा ९० छात्रा र ६० छात्र गरी जम्मा १५० विद्यार्थीले पठनपाठन गर्ने गर्दछन् । चार शिक्षकको दरबन्दी रहेको विद्यालयमा विद्यार्थीका लागि आधारभूत आवश्यकतासमेत नरहेको गुनासो छ । विद्यालयमा पठनपाठन गर्न आउने विद्यार्थी अधिकांश न्यून वर्गका रहेका छन् ।यस क्षेत्रका जनप्रतिनिधिसमेत स्कुलको अवस्थाको बारेमा जानकार भए पनि वास्ता नगरेको स्थानीय मो। नसिम खानले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.