भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

विद्यालयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन

विद्यालयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन

बैतडी, । जिल्ला निर्वाचन कार्यालयले यहाँका सबै स्थानीय तहका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गर्दैछ । निकट भविष्यमै हुने सबै तहका निर्वाचनलाई लक्षित गर्दै विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलका अनुसार उक्त कार्यक्रम मङ्सिर २७ गते जिल्लाको पुर्चौडी नगरपालिकामा रहेको डिलेश्वरी माविबाट सुरु भएको र प्रत्येक स्थानीय तहको एक विद्यालय छनोट गरेर अन्य सबै पालिकामा पनि उक्त कार्यक्रम सञ्चालन हुनेछ ।

उहाँले भन्नुभयो, “कार्यक्रम सञ्चालन हुने विद्यालय छनोटसँगै कार्यक्रम पनि सञ्चालनको तयारीमा छौँ, त्यसअघि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको नयाँ सरकारी सामुदायिक विद्यालय छनोट गर्छौं ।” माविस्तरका विद्यालय कार्यक्रम सञ्चालन भइरहेको तथा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई मतदाता शिक्षा दिइरहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावमा मत बदर नहोस् भन्नका लागि र विद्यार्थीमार्फत अभिभावकलाई मतदान गर्ने सही तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

एक विद्यालयका कम्तिमा १५० विद्यार्थी सहभागी गर्ने योजना रहेको छ । निर्वाचन आयोगको वार्षिक कार्यक्रमअनुसार नै मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको हो । गत वर्ष जिल्लाका आठ विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लामा हाल एक लाख ४८ हजार बढी मतदाता रहेका छन् । यसका साथै हाल पालिकास्तरबाटै फोटोसहितको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.