भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

विपन्नलाई उन्नत जातका बाख्रा वितरण

विपन्नलाई उन्नत जातका बाख्रा वितरण

डोटी । युरोपियन युनियन तथा डिसिएको आर्थिक सहयोगमा जिल्लाको जोरायल गाउँपालिका–२ मेलखोलाका विपन्न परिवारलाई रु तीस लाख बराबरका उन्नत जातका बाख्रा वितरण गरिएको छ । उक्त वडामा कम्तीमा पनि ५२ घरपरिवारको आयस्तर वृद्धि तथा जीवनयापनका लागि बाख्रा वितरण गरिएको हो ।

जिल्लामा लामो समयदेखि काम गर्दै आएको सम विकास केन्द्रद्वारा सञ्चालित परिर्वतन परियोजना अन्तर्गत ती उन्नत जातका बाख्रा वितरण गरिएको संस्थाका सूचना अधिकारी पदम मिजारले जानकारी दिए । उहाँका अनुसार उक्त वडामा रहेका दलित, गरीब, सीमान्तकृत वर्गको आर्थिक सहयोग होस् भन्ने उद्देश्यका लागि बाख्रा वितरण गरिएको हो ।

किसानलाई बाख्रापालनबाट आत्मनिर्भर बनाउने उद्देश्यका साथ उन्नत जातका बाख्रा वितरण गरिएको संस्थाका अध्यक्ष महेश परिवारले बताए। उहाँले भन्नुभयो, “अन्य कार्यक्रम भन्दा पनि बाख्रापालन कार्यक्रमले किसान बढी आत्मनिर्भर हुने देखिएकाले हामीले बाख्रा वितरण गरेका छौँ, वितरण गरिएका बाख्राले किसानको जीवनस्तरमाथि उठाउन फाइदा हुनेछ ।”

वडामा रहेका विभिन्न परिवारको आयस्तरका लागि वितरण गरिएका उन्नत जातका बाख्राले निकै राहत पुगेको वडाध्यक्ष मानबहादुर मल्लले बताए। उहाँले भन्नुभयो, “दातृ निकायको सहयोगमा यहाँ काम गर्ने संस्थाले राम्रो कार्यक्रम अघि सारेका छन्, उक्त कार्यक्रमले विपन्न वर्ग तथा किसानलाई प्रत्यक्ष फाइदा हुने भएको छ ।”

उन्नत जातका बाख्रापालन कार्यक्रमलाई सहयोग गर्न साझेदारी अनुसार वडा कार्यालय, सम विकास केन्द्र र किसान समूहका तर्फबट त्रिपक्षीय सम्झौतासमेत भएको थियो । उन्नत जातका बाख्रा पाएपछि यहाँका विपन्न वर्गका नागरिक निकै खुशी भएको जोरायल गाउँपालिका–२ धारापानीका स्थानीयवासी तीर्थराज भण्डारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.