भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

विश्व खाद्य दिवस मनाइँदै

विश्व खाद्य दिवस मनाइँदै

काठमाण्डौं । आज ४१ औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अक्टोबर १६ मा मनाउँदै आइएको दिवस चाडपर्वको समय परेकाले नेपालमा आज मनाउन लागिएको हो । १६ अक्टोबर सन् १९४५ मा संयुक्त राष्ट्र (एफएओ) ले खाद्य र कृषि सङ्गठनको स्थापना गरेको थियो ।

सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २० औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारि खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ ।

सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि सङ्गठनको सदस्यता पाएको नेपालले २०३८ सालदेखि दिवस मनाउँदै आएको छ । विश्वमा सबैको लागि खाद्य सुरक्षा र पौष्टिक आहारको आवश्यकता सुनिश्चित गर्ने मुख्य उदेश्य बोकेर यो दिवस मनाउँन थालिएको हो ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य दिवसको अवसरमा शुभकामना दिँदै कृषि क्षेत्रको विकासका लागि खाद्य तथा पोषण सुरक्षा तथा खाद्य सम्प्रभूतासहितको दिगो प्रतिस्पर्धी एवं समृद्ध कृषि अर्थतन्त्र निर्माण गर्ने सोच बनाइएको बताए ।

हरेक पालिकामा खाद्यान्न भण्डारणका लागि गोदाम निर्माण गरी सङ्कटको समयमा सबैले उपभोग गर्न पाउने व्यवस्था गर्ने कार्य थालनी भइसके उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.