भर्खरै : Sorry, your browser does not support inline SVG.
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ |

विश्‍व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन

विश्‍व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन

लण्डन । विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षको उमेरका उनी केही समययता अस्वस्थ रहँदैआएका थिए । झण्डै एक महिनाअघि उनको शल्याक्रिया गरिएको थियो ।

बुधबार अचानक हृदयघातका कारण घरमै निधन संचारमाध्यमले जनाएको छ । म्याराडोना विश्‍वभर सर्वकालिन चर्चित फुटबलर अर्जेन्टिनी खेलाडी थिए । म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्‍वकप जितेको थियो । त्यसबेला विश्‍व फुटबलमा दबदबा कायम गरेको इङ्ल्याण्डलाई अर्जेन्टिनाले हराएको थियो ।

त्यसभन्दा पनि प्रमुख कुरा इङ्ल्याण्डसँग अर्जेन्टिनाले युद्ध हारेको लगत्तै उक्त विश्वकप भएको थियो । जुन जितलाई म्याराडोनाले फकल्याण्ड टापु हार्दाको इङ्ल्याण्डसँग बदलाको रुपमा पनि अर्थ्याएका थिए । अर्जेन्टिनी फुटबलको उचाइ र प्रभाव बढ्नुमा म्याराडोनाको महत्वपूर्ण भूमिका मानिन्छ ।

१९९९ र २००० मा पनि उनी मुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनु परेको थियो । २००४ मा फेरि स्वासप्रस्वास तथा लागूऔषध सेवनबाट उत्पन्न स्वास्थ्य समस्याका कारण अस्पतालमा उनको उपचार गरियो । पछिल्लो पटक २०१० को विश्वकपमा म्याराडोनाले राष्ट्रिय टीमको व्यवस्थापन गर्ने अवसर पाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.