भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

व्यास नगरपालिकाद्वारा चौध ढुङ्गा उद्योगलाई उत्खनन अनुमति

व्यास नगरपालिकाद्वारा चौध ढुङ्गा उद्योगलाई उत्खनन अनुमति

तनहुँ । व्यास नगरपालिकाभित्रका चौध वटा स्लेट ढुङ्गा उद्योगलाई उत्खनन गर्ने अनुमति दिइएको छ । नगरपालिकाले स्लेट ढुङ्गा उत्खननसम्बन्धी कार्यविधि बमोजिम कानूनीरुपमा ढुङ्गा उद्योगलाई अनुमति दिएको हो । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले कार्यविधिबमोजिम प्रक्रिया पुगेका १४ वटा उद्योगका सञ्चालकलाई अनुमति प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । उत्खनन अनुुुमति हस्तान्तरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले स्लेट ढुङ्गा उद्योगलाई व्यवस्थापन गर्न कार्यविधिअनुसार व्यवस्थित गर्न लागिएको बताउनुभयो ।

नगरपालिकाभित्र उद्योगमैत्री वातावरण बनाउनको लागि प्रयास गरिरहेको र उद्योगले वातावरणीय पक्षलाई जोगाउँदै प्राकृतिक स्रोतको व्यवस्थित तरिकाले उत्खनन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जिल्लामा दर्ता भएका १९ मध्ये पहिलो चरणामा १४ उद्योगलाई अनुमति प्रदान गरिएको नगरपालिकाका नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाले आफ्नो पालिकाभित्र सञ्चालनमा रहेका उद्योगले नगरपालिकाबाट अनुमति लिएर मात्रै सञ्चालन गर्न यसअघि नै आग्रह गरेको थियो । व्यास नगरपालिका–१० र ११ मा सञ्चालनमा रहेका उद्योगले दिएको निवेदनअनुसार कानूनी प्रक्रिया पूरा गरेका उद्योगलाई उत्खनन अनुमति प्रदान गरिएको व्यास नगरपालिकाका वरिष्ठ अधिकृत राजेन्द्र कार्कीले जानकारी दिनुुभयो ।

नगरपालिकाको कार्यविधिअनुसार स्लेट ढुङ्गा उद्योगलाई एक वर्षको लागि अनुमति दिइएको हो । वातावरणलाई जोगाउँदै अस्वस्थ प्रतिस्पर्धा नभई स्वस्थ प्रतिस्पर्धाबाट आफ्नो व्यवसायलाई मर्यादित बनाएर सञ्चालन गर्न प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले आग्रह गर्नुभयो । नगरपालिकाले कार्यविधिअनुसार करको दायरामा ल्याएर स्लेट तथा ढुङ्गा उद्योगलाई व्यवस्थित गर्नु राम्रो पक्ष भएको तनहुँ स्लेट ढुङ्गा उत्खनन व्यावसायी समितिका अध्यक्ष ईश्वर पौडेलले बताउनुभयो । नगरपालिकाले कार्यविधिअनुसार स्लेट ढुङ्गा उद्योग सञ्चालनको लागि कम्तीमा पाँच रोपनी आवश्यक पर्ने र प्रतिरोपनी वार्षिक रु दुई हजारका दरले कर बुझाउनुपर्ने व्यवस्था रहेको व्यास नगरपालिकाका शाखा अधिकृत विमल गिरीले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.