जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

दाङ ।  लुम्बिनी प्रदेशकाे घोराही उपमहानगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले एक लाखभन्दा बढी रकमसहित १० जुवाडेलाई पक्राउ गरेको बताएकाे छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा, २२ वर्षीय निमबहादुर रोका, २६ वर्षीय त्रिपन बुढा, ३३ वर्षीय ढोका घर्ती, ४० वर्षीय तेजलाल पुन र ६८ वर्षीय गनबहादुर घर्ती रहेकाे प्रहरीले जनाएकाे छ ।

घोराही १३ डुमरगाउँस्थित गनबहादुर घर्तीको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द रिजालका बताएका हुन् । प्रहरीले उनीहरुको साथबाट १ लाख २२ हजार ५ सय १० रुपैंया नगद र ६ गड्डी तास बरामद गरेको छ भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.