शक्तिपिठहरुमा खोँइछ भर्नेको भिड

शक्तिपिठहरुमा खोँइछ भर्नेको भिड

जनकपुर । जनकपुरधामको शक्तिपिठहरुमा खोँइछ भर्नेको भिड लागेको छ । राजा जनकको कुलदेवीको रुपमा चिनिने राजदेवी मन्दिरसहित जनकपुरधामको विभिन्न स्थानमा विवाहिता महिलाले खोँइछ भरिरहेका छन् ।

खोँइछ भर्न हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चौक, मुरली चौक, पिडरीयामाइस्थान लगायतका स्थानमा भरिभराउ रहेका छन् ।

मंगलबार राति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ भने हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरु पर्सादी चढाउन थालेका का छन् । बुधबार पनि शक्तिपिठहरुमा बिहानैदेखि खोँइछ भर्न महिलाहरुको भिड लागेको छ

 


Thali Mobile Pvt.Ltd.