भर्खरै : Sorry, your browser does not support inline SVG.
आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना | कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर | म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल | अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी | दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा | कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा | मनसुन सक्रिय : वर्षासँगै गर्मीबाट राहत, केही क्षेत्रमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना | उदयपुर र झापामा जंगली हात्तीको आतंक, घर भत्किएपछि स्थानीय त्रसित |

शनिबारसम्म सतर्क रहन सरकारको आह्वान

शनिबारसम्म सतर्क रहन सरकारको आह्वान

काठमाडौँ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारसम्म उच्च वर्षासँगै बाढी पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन आह्वान गरेको छ ।

प्राधिकरणले जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ ।

कर्णाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आकलन गरिएको छ । बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो । यास चक्रवातको असरले देशका अधिकांश ठाउँमा वर्षा भएको छ । मंगलबारदेखि नै भइरहेको वर्षा अब शनिबारसम्म बढ्दै जाने मौसमविदले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली र उच्च पहाडी भागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.