भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शान्ताको हासो: ‘बाँचुला सोचेको थिएन’

शान्ताको हासो: ‘बाँचुला सोचेको थिएन’

काठमाडौं । कोरोना संक्रमण नेगेटिभ आएपछि पुनर्जीवन पाएको नेकपा सचेतक शान्ता चौधरीले बताएकी छन् । १९ असोजमा कोरोना संक्रमण पुष्टि भएकी चौधरी स्वास्थ्य जटिल बन्दै गएपछि २३ असोजमा आईसीयूमा राखेर उपचार गरिएको थियो ।

शुक्रबारको टेष्टमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना महामारीबाट बाँचुला भन्ने सोचेकै थिएन भन्दै उनले पुनर्जीवन पाएको बताएकी हुन् । १९ दिनको अस्पताल बसाइको अधिकांश समय आइसियूमा छट्पटिनु पर्दाको पीडा उनले सामाजिक संजालमा वर्णन गरेकी छन् । ‘वीर अस्पतालका अति सघन उपचार कक्षको बेडमा बडो मुस्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसुस गर्थें ।

म हजारौ शुभचिन्तकहरूको भीडमा एक्लो एक्लो महसुस गर्थें । यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ ।’ चौधरीको रिर्पोट नेगेटिभ आएपनि अस्पतालबाट भने अझै डिस्चार्ज भएकी छैनन् ।

 


Thali Mobile Pvt.Ltd.