भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शिवरात्रिमा ट्राफिक रुट यस्तो छ

शिवरात्रिमा ट्राफिक रुट यस्तो छ

काठमाण्डौ । शिवरात्रिलाई लक्षित गरि ट्राफिक प्रहरीले यातायातका साधनको व्यवस्थापन गर्न रुट व्यवस्थापन गरेको छ । पशुपतिमा आवश्यक ट्राफिक व्यवस्थापन महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको हो । दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगङ्गा हुँदै अन्यत्र जाने गाडीलाई वैकल्पिक बाटोको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा भिड बढेमा यी रुटमा भक्तजन बाहेकका गाडीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाएको गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै ठाउँमा पार्किङ स्थल तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने गाडीलाई वैकल्पिक मार्ग भइ सञ्चालनको व्यवस्था मिलाइएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.