भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

शिविरमार्फत सामाजिक सुरक्षाभत्ता

शिविरमार्फत सामाजिक सुरक्षाभत्ता

खोटाङ । साकेला गाउँपालिकाले शिविर सञ्चालन गरेर गाउँपालिकाभित्रका सबै लक्षित वर्गलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराएको छ । नेपाल एसबीआइ बैंक र गाउँपालिकाले सञ्चालन गरेको शिविरमा ४७२ लक्षित वर्गलाई उनीहरुको वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । गत असोज १७ गतेबाट सुरु गरिएको शिवर आइतबार सम्पन्न भएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले बताए ।

गाउँपालिकाले वडा नं १ च्यानडाँडामा सञ्चालन गरेको शिविरमा १४५, वडा नं २ रतन्छामा सञ्चालन गरेको शिविरमा १२५, वडा नं ३ खिदिमामा सञ्चालन गरेको शिविरमा ४४, वडा नं ४ मात्तिममा सञ्चालन गरेको शिविरमा ४४ र वडा नं ५ मात्तिम बिर्तामा सञ्चालन गरेको शिविरमा ८३ जनाले भत्ता बुझेका छन् । कर्मचारीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता भएकाले त्यसलाई रोक्न बैंकिङ प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए ।

“बैंकमार्फत वितरण गर्दा यसअघि वितरण गरिँदै आइएको रकममा आधा घटेको छ”, उहाँले भन्नुभयो, “बैंकमा आएर भत्ता बुझ्न लक्षित वर्गलाई समस्या हुने भएकाले उनीहरुको सहजताका लागि उनीहरुको टोलमै शिविर सञ्चालन गरेर वितरण गरिएको हो ।” साकेला गाउँपालिकामा यसअघि सामाजिक सुरक्षाभत्ता वितरणमा आर्थिक अनियमितता भएको पाइएको थियो । सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमा लैजानुअघि वडा सचिवले घरघरमा वा कम्तीमा टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएका थिए ।

साकेला गाउँपालिकामा भएको सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अनियमितताका विषयमा गृहमन्त्रालयले समेत चासो व्यक्त गरेको थियो । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरे पनि गाउँमै पुगेर भने वितरण गरेको छैन । गाउँ तथा टोलमा लगेर भत्ता वितरण नगर्दा अशक्त वृद्धवृद्धा र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई समस्या देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.