भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

मुख्यमन्त्री शाहीद्वारा आवास हस्तान्तरण

मुख्यमन्त्री शाहीद्वारा आवास हस्तान्तरण

सिमकोट, । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका बाढीपीडितले झण्डै एक वर्षपछि आवास पाएका छन् । कर्णाली प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा घर पुनःनिर्माण भएपछि त्रिपालमा बस्दै आएका यहाँका नागरिकले आवास पाएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण पुनः निर्माण भएका घर हस्तान्तरण गर्नुभयो ।

२०७७ सालको साउन महिनामा आएको अविरल वर्षाका कारण आएको बाढीले ताजाँजाकोटका करिब ३८० घर भत्काएको थियो । बाढीले सबै घर बगाएपछि प्रदेश सरकारले निः शुल्क आवास बनाइदिएको थियो । सो अवसरमा मुख्यमन्त्री शाहीले बजेट अपुगका कारण यस आर्थिक वर्षमा १५० घर मात्र बनाइएको र बाँकी घर यसै आर्थिक वर्षमा बनाइसक्ने प्रतिबद्धता जनाए।

 


Thali Mobile Pvt.Ltd.