भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शीतल निवास बैठकले तय गरेको राजनैतिक दायित्व

शीतल निवास बैठकले तय गरेको राजनैतिक दायित्व

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अक्षरशः पालना गरेको भन्दै मंगलबार शीतल निवासमा सर्वदलीय बैठकलाई सम्बोधन गरिन । सरकारले गरेको सिफारिस कार्यान्वयन गर्नुपर्ने संवैधानिक दायित्व भएको बताइन् ।

बैठकमा सरकारले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटनलगायत निर्णय गरी पठाएको सिफारिसमा राष्ट्रपतिले कुनै परामर्शबिना आँखा चिम्लिएर सहीछाप लगाएको प्रसंग दलका नेताहरुले उठाप्काएका थिए भने जवाफमा राष्ट्रपति भण्डारीले आफू संविधानको दायराभन्दा बाहिर नगएको बताइन् ।

संविधानकै सीमाभित्र रहेर सरकारको सिफारिस कार्यान्वयन गरेको जिकिर राष्ट्रपतिले गरेको नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले बताए । संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि दलहरूको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने नेताहरुले बताएका छन् ।

नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको बताइन । राष्ट्रिय हितमा सबै राजनीतिक दलहरूका बीचमा यस्तै सहकार्य र एकताको आवश्यकता रहेको भन्दै त्यसमा दलहरूले सोहीअनुसारको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको उनको भनाईछ।।

 


Thali Mobile Pvt.Ltd.