भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

श्रमिकका लागि विमानस्थल गेटसम्म सञ्चालन भयाे निःशुल्क बस सेवा

श्रमिकका लागि विमानस्थल गेटसम्म सञ्चालन भयाे निःशुल्क बस सेवा

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र छुट्टै विश्राम कक्ष सञ्चालन गरिएको छ । श्रमिकहरू बस्न मिल्ने गरी बनाइएको विश्राम कक्षको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले श्रम इजाजत जाँच कक्षको बुधबार उद्घाटन गरे ।

विश्राम कक्षमा मोबाइल चार्जिङ प्वाइन्ट, वाईफाई, कुर्सी, तातो–चिसो खानेपानी, टिभी, टेलिफोन र उडानबारे थाहा पाउने डिजिटल डिस्प्ले बोर्ड समेत राखिएको छ । कुनै गुनासो भए यात्रुहरुले त्यहींबाट फोन गर्न मिल्ने गरी फोन र फोन नम्बर पनि राखिदिएको छ ।

३० जना अट्ने विश्राम कक्ष रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए । विमानस्थलको मुख्य प्रवेशद्वार (गोल्डेन गेट)देखि आन्तरिक टर्मिनल भवनसम्म यात्रुको आउ–जाउ गर्न निःशुल्क बस सेवाको औपचारिक सञ्चालन गरिएको छ ।

बुधबार बिहान मन्त्री आलेले निःशुल्क बस सेवाको उद्घाटन गरे । तीन वटा बसको व्यवस्था मिलाइएको छ । आन्तरिक टर्मिनल भवनदेखि अन्तर्राष्ट्रिय टर्मिनल भवनसम्म निःशुल्क यातायात सेवा सन्चालन थप विस्तार गरिने योजना रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

 


Thali Mobile Pvt.Ltd.