भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले रजत वर्षको अवसरमा सुकुन्दा र्याली सम्पन्न गरेको छ । २५ औं स्थापना दिवसको उपलक्ष्यमा सस्थाको प्राङ्गणबाट गपली, सूर्यविनायक चोक, बाराहीस्थान, इटाछें, टौमढीहुदै त्रिपुरा सुन्दरी पुगेर फर्किएको छ ।
सुकुन्दा र्यालीमा सस्थाका सदस्य, बचतकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । सस्थाको शुभारम्भ समारोहको उद्घाटन भने श्रावण ४ गते विहान ८ बजे नेमकिपाका अध्यक्ष बारायणमान विजुक्छेले गर्ने कार्यक्रम रहेको सस्थाका अध्यक्ष विश्वराम त्वायनाले बताए ।
उक्त कार्यक्रममा सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको सस्थाका निवर्तमान अध्यक्ष बलराम प्रजापतिले बताए । संस्थाको प्राङ्गणबाट ¥यालि निकालेर नगर परिक्रमा गरी अजिमा पाटी प्यालेस, बाराहीस्थानमा कार्यक्रम आयोजना गरिएको संयोजक कृष्ण भक्त बोडेले बताए ।
यस्तै स्थापना दिवसको अवसरमा ६८ वर्ष देखिमाथिका जेष्ठ सदस्यहरुलाई सम्मान गरिने सस्थाले जनाएको छ ।
तस्वीरमा…
