भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

१७ साउन २०७७ कञ्चनपुर । बेलौरी नगरपालिका–७ भगतपुरमा एक महिलाको हत्या भएको । ती महिलाका श्रीमान आक्रमणबाट घाइते भएका छन् ।

गएराति अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको र उनका श्रीमान ६२ वर्षीय घनश्याम धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । हत्या गर्नेको खोजिकार्य जारी रहेको उनको भनाइ छ ।

गम्भीर घाइते भएका घनश्यामलाई उपचारका लागि धनगढी पठाइएको छ । प्रहरीका अनुसार घटना खाती परिवारको घरमै मध्यरातमा भएको थियो । हत्यामा संलग्नको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.