भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

संवैधानिक परिषदको बैठक बस्दै

संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक डाकेका छन् । प्रधानमन्त्री ओलीले बिहान बालुवाटारमा डाकेको बैठकमा केही संवैधानिक नियुक्ति गर्ने चाल पाएपछि विपक्षीहरूले बैठक रोक्न माग गरेका छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा नजाने बताएका छन् । परिषद्का सदस्य रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा जानेकी नजाने भन्नेमा अलमलिएको स्रोतको दावी छ ।

मङ्सिर ३० मा अध्यादेशमार्फत गरिएका नियुक्तिकाविरूद्धका मुद्दा प्रधानन्यायाधीश नेतृत्वकै संवैधानिक इजलासमा रहेपछि उनलाई बैठकमा नजान कानूनविदहरूले दबाब दिइरहेको बताइएको छ । सर्वोच्चमा विचाराधिन अवस्थामा रहेकै मुद्दा १७ पटकसम्म स्थगित भइरहँदा प्रधानन्यायाधीश बैठकमा सहभागी हुन नमिल्ने तर्क कानूनविदहरूले गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.