सङ्ग्रहालयमा राख्नका लागि देवघाटमा शालिग्राम संरक्षण शुरु

सङ्ग्रहालयमा राख्नका लागि देवघाटमा शालिग्राम संरक्षण शुरु

देवघाट । प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा शालिग्राम सङ्ग्रहालयमा राख्नका लागि शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरिएको छ ।

निकट भविष्यमा निर्माण गरिने शालिग्राम सङ्ग्रहालय (सिसमहल) मा राख्नका लागि देवघाट क्षेत्र विकास समितिले शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरेको हो । हिन्दूले शालिग्रामको दर्शन र अवलोकन गर्न सकून् भन्ने उद्देश्यले सङ्ग्रहालय बनाउन लागिएको क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीले पवित्र मान्ने शालिग्रामको संरक्षणका लागि समितिले पहल शुरु गरेको हो । शालिग्राम संरक्षणले धार्मिक पर्यटन प्रवद्र्धन हुने र शालिग्राम दर्शन गर्न देवघाटधाम जानुपर्छ भन्ने सन्देश दिन लागिएको अध्यक्ष पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.