भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

दूध र तुलसीका पात उमालेर पिउँनुहोस् र पाउनुहोस् यी ५ रोगबाट छुटकारा

दूध र तुलसीका पात उमालेर पिउँनुहोस् र पाउनुहोस् यी ५ रोगबाट छुटकारा

काठमाडौं । तुलसी पुजाका लागि मात्रै उपयोगी छैन, यसका पात झन उपयोगी सावित भएका छन् । यसमा औषधीय गुणले भरिपूर्ण भएको हुनाले वैज्ञानिकले थप अध्यन पनि गरिरहेका छन् । कहि कतै मान्छेले तुलसीका पात चियामा हालेर पनि खाने गरेको पाईन्छ ।

यसका फाइदा धेरै रहेको चिकित्सकले पनि बताएका छन् । चिसो लागेका बेला यसको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ ।अझ दूध र तुलसीका पात मिसाएर उमालेर खाँदा स्वास्थ्यमा यसले झन फाइदा पुर्‍याउँछ । यति मात्र होइन, तुलसी र दूध खाँदा शर्दीबाहेक अन्य यी रोगबाट पनि जोगिन सकिन्छ ।

१. दम रोग
यदि तपाईलाई स्वासप्रस्वाससम्बन्धि समस्या छ या दम छ भने दूधमा तुलसीको पात हालेर उमालेर खानुस् । यसले फाइदा पुर्‍याउँछ ।

२. माइग्रेन
दूधमा तुलसीका पात हालेर उमालेर खाँदा टाउको दुख्ने समस्या पनि कम हुन्छ । नियमित रुपमा दूध र तुलसी खाँदा यसले माइग्रेनका बिरामीलाई राहत दिन्छ ।

३. डिप्रेसन
आजभोलिको जीवनमा मानिसलाई डिप्रेसनको समस्या बढ्दै गएको छ । कामको बोझ या तनावले मान्छेलाई डिप्रेसनतर्फ उन्मुख गराउँछ । यदि तपाईं डिप्रेसनमा हुनुहुन्छ भने दूध र तुलसीका पात खाँदा फाइदा गर्छ । यसले तनाव र चिन्ताबाट टाढा बनाउँछ ।

४. पत्थरी
यदि तपाईंलाई पत्थरी छ भने नियमित रुपमा खाली पेट तुलसी दूध पिउनु लाभदायक हुन्छ । यसो गर्दा तपाईंको मिर्गौलाको पत्थरी र दुखाइ टाढा भाग्छ । यति मात्र नभएर तुलसीका पातमा हुने एन्टीअक्सिडेन्टस गुणले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा पनि फाइदा पुर्‍याउँछ । साथै तुलसीका पातमा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण पनि हुने भएकाले स्वस्थ राख्न लाभदायक हुन्छ । चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ ।

यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्त्वका छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ्र ।तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन् ।

यसको उपयोग कसरी गर्ने जानी राखौं ।
तुलसी दूध बनाउनका लागि सबैभन्दा पहिले डेढ गिलास दूधमा ८ देखि १० पत्ता तुलसी हाल्नुहोस् । जब दूध उम्लेर एक गिलास हुन्छ, तब यसलाई सेलाउन दिएर पिउनुस् । यसरी नियमित सेवन गर्दा स्वास्थ्यलाई अति फाइदा पुग्छ ।

 


Thali Mobile Pvt.Ltd.